कोभिड-१९ कारण भारतीय पत्रकार सरदानको मृत्यु

   १७ बैशाख २०७८, शुक्रबार १८:१३  

१७ वैशाख, रौतहट । कोरोना भाइरस संक्रमणका कारण भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सरदानाको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार पत्रकार सरदानाको आज (शुक्रबार) विहान दिल्लीस्थित एक अस्पतालमा ४१ वर्षको उमेरमा मृत्यु भएको हो ।

केही दिन पहिले पत्रकार सरदानालाई कोरोना संक्रमण पुष्टि भएको थियो । रोहित सरदानाको निधनप्रति सामाजिक सञ्जालमा राजनीतिज्ञ र सेलेबे्रटीहरुले शोक व्यक्त गरिरहेका छन् ।

उनले आजतकमा ‘दंगल’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए । उनको पछिल्लो समय आजतक च्यानलमा कार्यरत थिए ।

रोहित सरदाना जी–न्यूजमा प्रसारण हुने ‘ताल ठोक के’ कार्यक्रमबाट उनी निकै चर्चित थिए । उनले पहिले ईटीभी नेटवर्क र आकाशवाणीसँग पनि काम गरिसकेका थिए ।