पीसीआर परीक्षण शुल्क बढाउने ल्याबलाई कारबाही गरिने: स्वास्थ्य मन्त्रालयको चेतावनी
द नेपाल मिडिया
१४ बैशाख २०७८, मंगलवार १४:५३
१४ बैशाख, रौतहट । कोरोना परीक्षण गर्दा तोकिएको भन्दा बढी शुल्क लिने ल्याबलाई कारबाही गरिने स्वस्थ्य तथा जनसंख्या मनत्रलयले चेतावनी दिएको छ ।
स्वाव परीक्षणका लागि हाल मन्त्रालयले सरकारी स्वामित्वका ल्याबहरुमा १ हजार र निजी ल्याबहरुमा २ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
तर, कोरोनाको दोस्रो लहर बढेसंगै केही निजी ल्याबहरुले पीसीआर परीक्षण शुल्क बढाएको खबर भएकाले स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले एक सूचना जारी गर्दै जनाएको छ ।
कोरोना भए/नभएको पत्ता लगाउन गरिने पीसीआर परीक्षण शुल्क प्रयोगशालाहरुले तोकिएकोभन्दा बढी लिएको पाइएमा नेपाल सरकार, प्रमुख विशषेज्ञ स्तरीय वैशाख १३ गतेको निर्णयानुसार परीक्षणको सूचीबाट हटाइने मन्त्रालयका सहायक प्रवक्ता डा समिर कुमार अधिकारीले चेतावनी दिएका छन् ।