त्रिकोणत्मक टि २०: नेपाल र मलेसियाबीच आज खेल हुने
प्रेम यादव
द नेपाल मिडिया संवददाता,
६ वैशाख, रौतहट । नेपालको मैदानमा चलिरहेको त्रिकोणात्मक टि २० आई सिरिजमा आज नेपाल र मलेसियाबीच खेल हुनेछ । त्रिकोणात्मक टि २०को तेस्रो खेल दिउँसो १ः१५ बजेदेखि टियु क्रिकेट मैदानमा हुनेछ ।
पहिलो खेलमा नेदरल्यान्डस्लाई ९ विकेटले पराजित गरेको जितसँगै अब नेपाल दोस्रो जितको सोचमा हुनेछ । दोस्रो खेलमा मलेसिया नेदरल्यान्डस्सँग १५ रनले पराजित भएको थियो । पहिलो खेलको जितले नेपालको मनोबल उच्च भएको छ ।
नेपालको टिमबाट ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी , करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल र साहब आलम खेल्ने छन ।
त्यस्तै मलेसियाबाट सयेद अजिज, अनवर अरुदिन, अह्मद फैज, विरानदिप सिंह, सार्भिन मुनींदी, अस्फाक सारिफ, अमिनुदिन रामली, खिजर हयात, मोहमद वाफिक, अनवर रहमान, पवनदिप सिंह खेल्नेछन् ।
दोस्रो खेलमा मलेसियाको मनोबल कम भएको छ । दुई देश बीच हुने प्रतिस्पर्धामा नेपालको जित हुने सम्भावना अधिक देखिएको छ । खेल दिउँसो १ः१५ खेलिने छ ।






