त्रिकोणात्मक टि-२०: नेपालसँग नेदरल्यान्ड्स पराजित
४ वैशाख, राैतहट । नेपालसँग नेदरल्यान्ड्स पराजित भएकाे छ । नेपालकाे घरेलु मैदानमा भईरहेकाे पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्स ९ विकेटले पराजित भएकाे छ ।
नेदरल्यान्ड्सले जितको लागि नेपाललाई १ सय ३६ रनको लक्ष्य दिएकाे थियाे । नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै उत्त रन पुरा गरेकाे थियाे ।
नेपालको जितमा डेब्यू गरेका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ खेले ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३५ रन बनायो ।
आजबाट काठमाडौंमा शुरू भएकाे त्रिकोणात्मक टी–२० सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघले क्यानले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।
नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।