कोरोनाका कारण एक साता विद्यालय बन्द गर्न आग्रह

   ३ बैशाख २०७८, शुक्रबार १२:५५  

३ बैशाख, रौतहट । कोरोना संक्रमणको दोस्रो लहर बढेसंगै काठमाडौँ महानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकको संख्या बढ्न थालेपछि महानगरपालिका प्रमुख स्तरको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीदवा जारी सूचनामा एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन भनिएको छ ।

संक्रमण नदेखिएका विद्यालयहरु भने स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने र भौतिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न समेत आग्रह गरिएको छ ।