नारी सौन्दर्य र सोह्र श्रृंगार
साउन २, रौतहट । साउन महिनामा श्रृंगारलाई पनि महत्व दिइन्छ । साउनको पहिलो दिन साउने संक्रान्तिमा तिउरी लगाउने गरिन्छ, जो श्रृंगारसँग सम्बन्धित छ । खासगरी नङ, हातलाई रंगीन बनाउने प्रचलन हो यो ।
श्रृंगारलाई महिलाकै सौन्दर्यको एउटा हिस्सा मानिन्छ । सदियौंदेखि श्रृंगारको खास ढाँचा र महत्व रहँदै आएको छ । श्रृंगार शब्दको प्रयोग सामन्यतः ब्रस्त्रभूषण आदिले शरीरलाई सु–सज्जित गराउने अर्थमा लिइन्छ । सोह्र श्रृंगार शरीरको स्वच्छतादेखि श्रृंगार एवं मुस्कान, शारीरिक हाउभाउको संयोजन मानिन्छ । यसमा मेहेन्दी, आभूषण, केस–विन्यासदेखि मुस्कानसम्म पर्छ ।
स्नान
श्रृंगारको सुरुवात स्नानपछि गर्नुपर्छ ।
बस्त्र
बिना वस्त्र सबै सौन्दर्य कान्तिहीन लाग्छ । प्रस्तर युगबाट शीत, ग्रीष्मबाट बच्न मानिसले रुखको बोक्रा, पशुको छालाले आफ्नो शरीर ढाक्ने गर्थे । कालन्तरमा सभ्यताको विकाससँगै बस्त्रमा अनेकन ढाँचा र बान्की देखापरे । यसरी बस्त्र सौन्दर्यकै मूख्य पाटोको रुपमा विकास भएको हो ।
हार
हार लगाउनुको अर्थ सुन्दर देखिनुका साथै स्वास्थ्यका लागि पनि हो । गला वा यसको नजिकमा यस्तो प्रेशर विन्दु हुन्छ, जसको केहि हिस्साबाट शरीरलाई लाभ प्राप्त हुन्छ ।
बिन्दी
टिका अर्थात बिन्दीलाई सौभाग्यको प्रतिक मानिन्छ ।
काजल
आँखालाई सुन्दर बनाउन एवं आँखाको सुरक्षा दुबै दृष्टिले काजल प्रयोग गरिन्छ ।
अधरंजन
ओंठ एवं अधरको सुन्दरता बढाउनका लागि त्यसमा केहि रंग प्रयोग गरिन्छ । प्राचिन कालमा फूलको रसबाट यो काम गरिन्थ्यो ।
नथ
नाखको सोभा बढाउनका लागि नाखमा छेडेर केहि प्रकारका नथ लगाइन्छ ।
केस सज्जा
केसमा सुगन्धित तेल लगाएर आकर्षक बान्कीका सजाइन्छ ।
कमरबन्ध
कमरको सौन्दर्यका लागि कमरबन्ध प्रयोग गरिन्छ । यसलाई सुन, चाँदी, हिरा, मोती जडान गरी विभिन्न आकारमा बनाइन्छ ।
चरणराग
खुट्टा वा हातको सौन्दर्य साथै छालाको सुरक्षाको लागि मेहेन्दी लगाउने परम्परा छ ।
गुणवती स्त्री
भनिन्छ, गुणवती स्त्रीको आभूषण अथावा श्रृंगारको आवश्यक्ता हुन्न । सुन्दर गुण नै उसको आभूषण हो । पवित्र, सुशील र चदाचारिणी स्त्रीलाई गुणवती मानिन्छ ।
स्त्रीको १२ अभूषण के हो
१. शील
२. लज्जा
३. मधुरवाणी
४. दृढाता
५. सरल स्वभाव
६. पतिव्रता
७ सन्तोष
८. सुहृदय
९. विनय
१०. क्षमा
११. हृदयको शुद्धता
१२. सेवाभाव