चियाको उत्पादन बढ्दो

   २० चैत्र २०७७, शुक्रबार १२:३९  

२० चैत, रौतहट । चियाको पहिलो टिपाइ शुरु हुनसाथै यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ ।

‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम शर्माले बताएका हुन् ।

शर्माले दिएका जानकारी अनुसार पानी नआएकाले चिन्ता भएको थियो । तर, गत साता पानी परेपछि चिन्ता हल भएको छ । यसपटक अन्तरराष्ट्रिय बजारमा मूल्य पनि राम्रो छ । गत वर्ष तयारी चियाको मूल्य रु ९५ थियो भने अहिले रु १०० हाराहारीमा भएको छ ।

चैतको पहिलो सातादेखि चियाको पहिलो टिपाइ शुरु हुन्छ । फागुन मध्याह्नदेखि अन्त्यसम्ममा आकाश पानी परेमा चियाको उत्पादन बढ्छ ।