बालिका बलात्कारको आरोपमा युवक पक्राउ

   १ श्रावण २०७७, बिहीबार ०७:१८  

रौतहट, १ श्रावण

रौतहटको गुजरा नगरपालिकामा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । गुजरा नगरपालिका ५ लक्ष्मीपुरका २२ वर्षीय शेख तुफानीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

२ दिनअघि गुजरा ५ लक्ष्मीपुरकी एक १४ वर्षीया बालिकालाई तुफानीले बलात्कार गरेका थिए । शौच गर्न खेतमा जाने क्रममा शेख तुफानीले सो बालिकाको बलात्कार गरेको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर चन्द्रकिशोर साहले बताए । तुफानीलाई ईलाका प्रहरी कार्यालय बिजयपुरको टोलीले पक्राउ गरेको हो ।

पीडित बालिकाको स्वास्थ परीक्षण भइसकेको र अभियुक्त तुफानीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता भई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थमाएर अनुसन्धान भइरहेको प्रहरी नायब निरिक्षक लतिफ अन्सारीले बताए ।