महिनावारी भएको समयमा के गर्नु हुदैँन्

   ३ चैत्र २०७७, मंगलवार १५:३२  

 

३ चैत, रौतहट । प्राकृतिकका नियम अनुसार किशोर अवस्था पार गरेसँगै महिलाहरुमा महिनावारी सुरु हुन्छ । महिलाको एकदमै पीडादायी समय पनि हो । यो समयमा रगत बग्ने भएकाले थकान महशुस हुनुका साथै स्वास्थ्यमा पनि शिथिलता आउन सक्छ । महिनावारी भएको समयमा कुनै कामहरु अन्जानवश गरिन्छ । जसका कारण पछि गएर गुप्ताङगमा समस्या पर्ने देखि लिएर भविष्यमा प्रजनन् समस्या समेत निम्तिन सक्छ ।

महिनावारी भएको बेला के गर्नु हुदैँन्;महिनावारी भएको समयमा जथाभावी कपडाहरुको प्रयोग नगर्ने( सम्भव भएसम्म स्यातिटरी प्याड वा नरम कपडाको प्रयोग गर्ने ।

एउटै प्याड धेरै समयसम्म प्रयोग नगर्ने; कम्तिमा पनि ३ वा ४ घण्टाको फरकमा प्याड परिवर्तन गर्ने । यसो गर्नाले व्याक्टेरियल इन्फेक्सनको खतरा हुदैँन् ।

धेरै कफी नपिउने; महिनावारीको समयमा शरीरलाई बढि मात्रामा पानीको जरुरत पर्दछ । त्यसैले यो समयमा धेरै कफी पिउनाले शरीरलाई डिहाइड्रेट गर्दछ जसका कारण पेट दुख्ने गर्दछ ।

व्रत नबस्ने ; यो समयमा रक्तश्रावका कारण शरीर कमजोर हुने भएकोले शरीरले आवश्यक मात्रामा भिटामिन र मिनरल्सको माग गरि रहेको हुन्छ । तसर्थ यो समयमा व्रत बस्नाले शरीरमा गम्भीर असर पर्न सक्छ ।

ज्यादा काम नगर्ने लामो समयसम्म काम गर्ने; धेरै कठिन काम गर्दा,धेरै तनाव लिदा शरीरलाई गम्भिर असर पर्न जान्छ । जसले गर्दा पेट दुख्ने,कम्मर दुख्ने समस्या देखापर्न सक्छ ।

जङ्कफूड नखाने; महिनावारीको समयमा शरीरलाई धेरै मात्रामा भिटामिनको जरुरत पर्ने हुनाले शरीरलाई आवश्यक पर्ने भिटामिन युक्त खानेकुरा मात्रै खाने । जस्तै पिज्जा, वर्गर, चिप्स, चाउचाउ, सेन्डविच लगायतका जङ्कफड नखाने । जसले गर्दा शरीरमा आवश्यक भिटामिन र मिनरल्स प्राप्त हुन सक्दैन । जसले गर्दा शरीर कमजोर हुन्छ ।