भारतीय फुटबल टोलीका कप्तान कोरोना संक्रमित
द नेपाल मिडिया
२८ फाल्गुन २०७७, शुक्रबार १५:३२
२८ फागुन, रौतहट । भारतको राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
क्षेत्रीले ट्वीट गर्दै यसको जानकारी दिएका हुन् । ‘मलाई कोरोना भाइरस संक्रमण भएको छ । तर, म राम्रो महसुस गरिरहेको छु र भाइरसबाट निको हुँदैछु र चाडैं फुटबल मैदानमा फर्कनेछु,’ क्षेत्रीले लेखेका छन् ।
बेंगलुरु फुटबल क्लबका समेत कप्तान रहेका सुनिलले यस सिजन क्लबका लागि इन्डियन सुपर लिगका २० खेलमा ८ गोल गरेका थिए ।
१२ जून २००५ मा भारतीय टोलीबाट डेब्यु गरेका सुनिलले अहिलेसम्म ७२ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।