लागुऔषध सहित प्रहरीनै पक्राउ

   २७ फाल्गुन २०७७, बिहीबार १९:२५  

रौतहट, २७ फागुन । रौतहटमा लागुऔषध सहति एक प्रहरी कर्मचारीलाई नै प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका ४ बजार बाट ९ सय थान लागुऔषध नाइट्राभेट सहित प्रहरी जवान पक्राउ परेका हुन । विशेष सूराकीको आधारमा चन्द्रनिगाहपुर बजार क्षेत्रमा ना ५८ प ९५४८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो लागुऔष बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धि विक्रम शाहले बताए ।

मोटरसाइकलमा सवार रहेका चन्द्रपुर ३ गैडाटारका कमल धामी र राजु कुमरको साथबाट सो लागुऔषध बरामद भएको उपरिक्षक शाहले बताए । पक्राउ परेका मध्ये कमल धामी ईलाका प्रहरी कार्यालय हरिपुर सर्लाही दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीमा कार्यरत रहेका छन ।

प्रहरी कर्मचारीनै भए पनि गैरकानूनी काम गर्ने धामीलाई पक्राउ गरि नियन्त्रणमा राखिएको उपरिक्षक शाहले बताए । गैर कानूनी काम गर्ने जो सुकै भए पनि नछोडिने र कानून बमोजिम कारवाही गर्ने उनले बताए । पक्राउ परेका दुवै जनालाई न्यायीक हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।