नेपालमा ५९ जना थपिए, ६० जना कोरोना मुक्त
द नेपाल मिडिया
२५ फाल्गुन २०७७, मंगलवार १७:०५
२५ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा २५ महिला ३४ पुरुष छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २ हजार ७ सय १५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ५९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ ।
यस्तै, बितेको २४ घण्टामा थप ६० जना कोरोनामुक्त भइ डिस्चार्ज भएसंगै नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ ।