नेकपाको बोर्ड हटाएर अब एमालेको बोर्ड फेरिदै

   २५ फाल्गुन २०७७, मंगलवार ११:५७  

२५ फागुन, रौतहट । सर्वोच्च अदालतले फैसला दिएपछि एमालेले धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड लगाएको छ । एमालेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड लगाएको हो ।

मंगलबार बिहानै धुम्बाराही पार्टी कार्यालय लगाएत अन्य देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र पुुनर्जीवित गरेका थियो ।

यसलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको थियो ।