सोमबार थपिए ८९ कोरोना संक्रमित

   २४ फाल्गुन २०७७, सोमबार १७:११  

 

२४ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ८९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ । जसमध्ये हाल नेपालमा ८ सय ७२ संक्रमित उपचारतत रहेका छन् ।

यस्तै, बितेको २४ घण्टामा थप ४२ जना कोरोनामुक्त भइ डिस्चार्ज भएसंगै नेपालमा संक्रमणमुक्त हुनेहरुको कुल संख्या २ लाख ७० हजार ९ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ३ हजार ११ पुगेको मन्त्रालयले जनाएको छ ।