रौतहटमा मनाइयो नारी दिवस

   २४ फाल्गुन २०७७, सोमबार १६:३०  

२४ फागुन, रौतहट । रौतहटका विभिन्न स्थानिय तहरुले विविध कार्यक्रम गरी भव्यवताका १११ औं नारी दिवस मनाएका छन ।

“महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ गौरको ब्यारेक मैदान, विपि चोक, राजदेवी, चन्द्रनिगाहपुर लगायतका स्थानिय तहहरुमा सरकारी तथा गैर सरकारी कार्यालयहरुले नारी दिवस मनाएका छन ।

गौरको ब्यारेक मैदानमा आयोजित कार्यक्रममा गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरले नारी सशक्तिकरणमा जोड दिएकी थिइन । महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम तथा कार्यक्रमहरुको आवश्यक्ता रहेको उनले बताइन । कार्यक्रममा गैर सरकारी सँस्था माण्डवीकी निर्देशक अन्जु झाले पृतिसतात्मक सोच भन्दा माथि उठेर महिला पुरुष समानाताको कुराहरुमा जनचेतना फैलाउन जरुरी रहेको बताइन ।

कार्यक्रममा जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरु, गैर सरकारी सँस्थाका प्रतिनिधि, महिला कर्मचारी, विद्यार्थीहरुको उपस्थीति रहेको थियो ।