सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

   २४ फाल्गुन २०७७, सोमबार १४:२७  

२४ फागुन, रौतहट । दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको देउखुरीमा आइतबार गएराति करिब ९ः४५ बजेतिर ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोकिएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका लमही नगरपालिका ८ निम्बुखुटी बस्ने ३० वर्षीय प्रकाश थापा र सोही स्थान बस्ने २३ वर्षीय तिलक थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाए ।

घाइते प्रकाशको लमही अस्पतालमा नै राति १० बजेति मृत्यु भएको थियो । यस्तै, तिलकलाई उपचारका लागी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालमा ल्याएपनि उपचारका क्रममा करिब १ः३० बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।