पेस्तोलसहित सुर्खेतबाट एक जना पक्राउ
२४ फागुन, रौतहट । सुर्खेतबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेनद्रनगर नगरपालिका ६ सुर्खेत का ३० वर्षीय साजितअलि इन्द्रिसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
इन्द्रिसीले सुर्खेतका विभिन्न स्थानमा हतियार देखाई डर त्रास, धम्की दिने गरेको गोप्य सूचनाका आधारमा जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोशाकमा खटिएको प्रहरीले उनलाई शनिबार बेलुका नै नियन्त्रणमा लिएको थियो ।
निजले सोही वडास्थित राधाकृष्ण मन्दिर नजिक उनकै आजात रोयल सर्भिस सेन्टरको पछाडि रहेको राधाकृष्ण सर्वेश्वर मन्दिर जाने र्भयाङमुनि मोटर पार्टस्भित्र लुकाइछिपाइ राखेको पेस्तोल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
इन्द्रिसीको साथबाट पेस्तोलसँगै टार्गेट शुट लेखिएको सानो प्याकेटभित्र ७० थान कार्टिज भेटिएको थियो ।
अदालतबाट ३ दिनको म्याद थप गरी पेस्तोलसहित पक्राउ परेका उनलाई हिरासदमा राखी यसबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।