११ लाख घुससहित हवाल्दार पक्राउ
द नेपाल मिडिया
२४ फाल्गुन २०७७, सोमबार ११:४४
२४ फागुन, रौतहट । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत एक प्रहरी हवाल्दार घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हवाल्दार ताराकुमारी श्रेष्ठ र रेष्टुरेन्ट संचालक अनिस जोशीलाई ११ लाख घुससहित पक्राउ गरेको हो ।
हवाल्दार श्रेष्ठले चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टकाका संचालक अनिस जोशीलाई घुसको ११ हजार रुपैयाँ राख्न दिएको अवस्थामा उक्त रकमसहित दुवैलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।
जिल्ला काठमाडौं कामनपा वडा नं ९ स्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट दुवै जनालाई पक्राउ नियन्त्रणमा लिइ थप सम्बन्धमा थप अनुसन्धान भइरहेको रिसालले जनाए ।