धरानमा उपचाररत संक्रमित महिलाको मृत्यु
द नेपाल मिडिया
२३ फाल्गुन २०७७, आईतवार १५:२०
२३ फागुन, रौतहट । धरानमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
संक्रमणका कारण मृत्यु हुनेमा धनकुटा ७ बस्ने ४० वर्षीया महिला रहेकी प्रतिष्ठानका प्रवक्ता डा. चुरामणी पोखरेलले जनाएका हुन् ।
स्वास्थ्यमा समस्या भएपछि, उपचारका लागी उनलाई यही फागुन १२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएपछि पीसीआर परीक्षण गराउँदा फागुन १३ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमणपछि उपचारकै क्रममा आज बिहान ३ बजेतिर ती संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनी मधुमेहबाट समेत पीडित रहेकी चुरामणी पोखरेलले जनाए ।