सप्तरीबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ
२३ फागुन, रौतहट । सप्तरीबाट कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विष्णुपुर गाउँपालिका ५ घर भएका १९ वर्षीय प्रभु साह र सोही गाउँपालिका ७ घर भएका २० वर्षीय महेन्द्रकुमार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई राजविराज नगरपालिका–६ मेहतर टोलबाट पक्राउ गरेको थियो ।
स ७ प ९६७० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल र २ थान गोली बरामद भएको समेत प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






