सुनको मूल्यमा वृद्धि, चाँदीको भाउ स्थिर

   २३ फाल्गुन २०७७, आईतवार १२:०१  

२३ फागुन, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य पुनः उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार शुक्रबार तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँ बढेर प्रतितोलामा ८६ हजार १ सय पुगेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य ८५ हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको छ । महासंघक अनुसार शुक्रबार तेजावी सुनको कारोबार ८५ हजार १ सय ५० रुपैयाँमा नै भएको थियो ।

त्यस्तै, सुनको मूल्य बढेपनि आज चाँदीको भाउ स्थिर नै रहेको छ । शुक्रबार प्रतितोलामा १ हजार २ सय ५० रुपैयाँ कायम भएको मूल्यमा नै आइतबार पनि कारोबार भइरहेको महासंघले जनाएको छ ।