कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

   २३ फाल्गुन २०७७, आईतवार ११:०२  

२३ फागुन, रौतहट । लागूऔषध ब्राउन सुगरसहित कञ्चनपुरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका १० बस्ने २५ वर्षीय रेशमान चौधरी र कैलालीको टीकापुर नगरपालिका ३ बस्ने २५ वर्षीय सन्तोष चौधरी रहेका प्रहरीले जनाएको छ ।

सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको से ३ प ७५९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुमाथि शंका लागेपछि रोकि चेकजाँच गर्दा ब्राउनसुगर भेटिएको प्रहरीले जनाएकको छ । शनिबार  बेलौरी नगरपालिका १० स्थित सीमा इलाकाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले दुवै जनाको साथबाट ४ ग्राम ब्राउन सुगरद बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

पक्राउ परेका उनीहरुको मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै, पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।