स्कुटी दुर्घटना हुँदा चालकको मृत्यु
२२ फागुन, रौतहट । मोरङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको ग्रामथान गाउँपालिका ४ बस्ने २५ वर्षीया धिरज माझीको स्कुटी दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ करिब ६ बजेतिर कटहरी ७ तकिया चोक मा प्र १–०२–०४३ प २०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुँदा चालक माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।