अवैध काठसहित चार जना पक्राउ
द नेपाल मिडिया
२२ फाल्गुन २०७७, शनिबार १२:०४
२२ फागुन, रौतहट । कैलालीमा अवैध सालका गोलीयासहित प्रहरीले चाँर जनालाई नियनत्रणमा लिएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका फोरुवा भनने ठाउँमा अवैध रुपमा ल्याएको काठलाई लुकाईछिपाई राखको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।
सालका गोलीया लुकाईछिपाई राख्ने सोही नगरपालिकाका राजकुमार चौधरी, राजाराम चौधरी, सितल चौधरी र कृष्ण चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अवैध काठ घरमा लुकाई राखेको गोप्य सूचनाका प्राप्त हुन साथै ईलाका प्रहरी कार्यालय सुखड र सव डिभिजन वन कार्यालय सुखडको संयुक्त टोलीले सालको ८ गोलीया ९७३.१०९ क्युफिट काठ बरामद गरेको हो ।
यस्तै, पक्राउ परेका उनीहरुलाई कारवाहीका लागि वन डिभिजन कार्यालय सुखड पठाइएको प्रहरीले बताएको छ ।