नेपाल टेलिकमको साधारण सभा शुक्रबार गर्ने निर्णय

   २० फाल्गुन २०७७, बिहीबार ११:३६  

२० फागुन, रौतहट । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले प्रस्तावित लाभांश पारित गराउन चैत १३ गते शुक्रबार तेह्रौ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

फागुन १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकल गत आवको मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित साधारण सभा गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ। अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १२ सय रुपैयाँ हाराहारीमा रहेको छ। कम्पनीका नयाँ शेधयरनीहरुले ४० रुपैयाँ लाभांश पाउनका लागि एक हजार दुई सय रुपैयाँ लगानी गर्नुपर्ने अवस्था रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले फागुन २८ गते शुक्रबारदेखि शेयर दाखिल खारेजको काम बन्द गर्ने भएको छ।