सिरहाबाट भारतीय नोटसहित एक जना प्रहरी नियन्त्रणमा

   १७ फाल्गुन २०७७, सोमबार १३:३२  

१७ फागुन, रौतहट । सिरहाबाट भारतीय नोटसहित एक जना पक्राउ परेका छन् ।

अवैध रुपमा ल्याएको करिब २ लाख ५० हजार भारतीय रुपैयाँको नोटसहित भारतका नै सहरसा ग्राम किसनपुर पञ्चायत २ बस्ने ६० वर्षीय चतुरी यादवलाई आइतबार साँझ नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले सवारी चेक जाँच गर्ने क्रममा बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकललाई रोकि चेक जाँच गर्दा डिकीमा लुकाई राखेको अवस्थामा २ हजार दरको ३ थान र ५ सय दरको ४ सय ८८ थान नोट गरी २ लाख ५० हजार नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवसहित बरामद भएको भारतीय रुपैयाँलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यायल सिरहामा बुझइएको प्रहरीले जनाएको छ ।