कांग्रेसका नेता तथा पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात

   १४ फाल्गुन २०७७, शुक्रबार ११:२३  

१४ फागुन, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।

बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि जोशीलाई वीर अस्पतालमा उपचारका लागी लगिएको थियो । वीर अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नर्भिक अस्पताल पठाइएको उनका सहयोगी पुष्कर पाण्डेले जनाए । हाल उनको आकस्मिक अपरेसनको तयारी भइरहेको पाण्डेले जानकारी दिए ।

नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेका कारण अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

जोशीलाई थ्यालेमिक ह्यामरेज भएकाले हाल त्यसबारे केही भन्न सकिने अवस्था नरहेको नर्भिक अस्पतालका एक चिकित्सकले जनाए ।