मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

   १३ फाल्गुन २०७७, बिहीबार १०:४९  

१३ फागुन, रौतहट । हेटौँडामा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका ११ नवलपुरमा बिहीबार बिहान करिब ५ः४५ बजेतिर ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालक सोही उपमहानगरपालिका ११ मा बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ४०४४ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागी चुरेहिल अस्पताल ल्याइएको थियो।

तर, अस्पतालमा जादाँ चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

मृतक श्रेष्ठको शव पोष्टमार्टमको लागी हेटौँडा अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनापछि फरार भएका ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।