अवहेलना मुद्दाको सुनवाईमा सर्वोच्च जाँदै; प्रधानमन्त्री ओली
६ फागुन, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार सर्वोच्च अदालतमा जान लागेका छन् ।
सर्वाैच्चमा प्रधानमन्त्री ओलीविरुद्ध परेको अवहेलना मुद्दाको सुनवाईमा जवाफ बुझाउन आज उपस्थित हुने भएका छन् ।
प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै माघ १३ गते मुद्दा दर्ता भएको हो ।
त्यसैगरी, प्रधानमन्त्री ओलीसंग सर्वोच्चले त्यससम्बन्धी लिखित जवाफ मागेको लिखित जवाफ बुझाउनको ओली सर्वोच्च जान लागेका हुन् ।