एक सातामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

   ५ फाल्गुन २०७७, बुधबार १५:०२  

५ फागुन, रौतहट । सातामा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ ।

सरकारले एक सातामै दुई चोटी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले राहतको साटो नागरिकमाथि कष्टमात्र थपेको भन्दै आपत्ति जनाएका हुन् ।

कोरोना महामारीले थिल्थिलिएको अर्थतन्त्रबीच सरकारको गैरजिम्मेवार निर्णय अकल्पनीय छ, अस्वीकार्य छ,’ राप्रपा अध्यक्ष राणाले बुधबार भने ।

‘एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । सरकारको कदमप्रति असहमति जनाउँदै राणाले भने, ‘राहतको साटो सरकारले नागरिक जीवनमा कष्टमात्र थपेको छ ।’