घुससहित दुई कर्मचारी पक्राउ

   ३ फाल्गुन २०७७, सोमबार १४:४१  

३ फागुन, रौतहट । ८ हजार घुससहित दुई सरकारी कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका दुई कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको हो ।

घुससहित पक्राउ पर्नेमा नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाल रहेका अख्तियारले जनाएको छ ।