प्रदेश १ को वार्षिकोत्सव कार्यक्रममा प्रचण्ड-माधव पक्षको अनुपस्थित
३ फागुन, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-माधव पक्षले प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रमको बहिष्कार गरेको छ ।
मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता र पदाधिकारी पनि उपस्थित नभएका स्रोते जनाए ।
कार्यक्रममा प्रधानमन्त्री ओली समूहका सांसदहरू र कांग्रेसकी बिन्दिया कार्कीमात्र कार्यक्रममा सहभागी छन् । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मञ्चमा पटक(पटक बोलावट भए पनि उनी आएका छैन् ।
कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सफल रहेको दाबी गरे ।
प्रदेश १ का मुख्यमन्त्रीविरूद्ध उनकै दलले सदनमा अविश्वास प्रस्ताव दर्ता गरेपछि सरकार पक्षले नै प्रदेश सभा अवरोध गर्दै आएको छ ।






