आज प्रचण्ड-माधव पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गदैँ
२ फागुन, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-माधव पक्षले आज तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ ।
संसद विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड-माधव पक्षले आइतबार दिउँसो २ बजेतिर पत्रकार सम्मलेनमार्फत आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका हुन् ।
आज कार्यालय कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मलेनको आयोजना गरिएको श्रेष्ठले जनाएका छन् ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते गरेका संसद विघटन अनौपचारिक र असंवैधानिक रहेको भन्दै प्रचण्ड-माधव पक्षले विरोध प्रदर्श गर्दै आएका हुन् ।
प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।