प्रधानमन्त्री ओलीलाई प्रचण्डको चेतावनी
१ फागुन, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले सार्वभौम अधिकार प्राप्त गर्दै जारी गरेको संविधानमाथि घात गरेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
काठमाडौँमा आयोजित शहीद स्मृति कार्यक्रममा प्रचण्डले ओलीले यो उपलब्धी किच्न सक्छु भन्ने ठानेका बताउँदै उनी छिटै भ्रममुक्त भएको राम्रो हुने बताए ।
उनले भने, उनी छिटै भ्रममुक्त भएको राम्रो हुन्छ’, प्रचण्डले भने, ‘हैन भने शहीदहरुका हजारौँ कंकालहरु चिहानबाट निस्कनेछन् ।’
कार्यक्रममा हजारौँको बलिदानबाट प्राप्त उपलब्धी खतरामा रहेको उल्लेख बताउँदै प्रचण्डले फेरि एकचोटी बलिदानका लागि तयार रहनुपर्ने औंल्याए ।






