चीनमा बीबीसी च्यालन माथि प्रतिबन्ध

   ३० माघ २०७७, शुक्रबार १२:१३  

३० माघ, रौतहट । चीनले बेलायती टेलिभिजन च्यालन बीबीसी वर्ल्ड न्युजमाथि प्रतिबन्ध लगाएको छ । शुक्रबार चीनको टेलिभिजन नियामक तथा राष्ट्रिय रेडियोले बीबीसीमाथि प्रतिबन्ध लगाइएको बताएको हो ।

बीबीसीले एक साताअघि चिनियाँ सरकारी मिडिया सीजीटीएनको आलोचना गरेको थियो ।

जारी गरिएको एक विज्ञप्तिमा शुक्रबार बीबीसीले प्रसारण गरेको समाचारमा ‘गम्भीर रुपमा नियमको उल्लंघन’ गरेको उल्लेख छ । चीनले समाचारमा प्रकाशित विवरणहरु साँचो र स्वच्छ हुनुपर्ने बताएको छ ।

बीबीसीमा प्रसारित सामग्रीले चीनको राष्ट्रिय स्वार्थ र राष्ट्रिय एकतामा आँच आउने काम गरेको चीनले दाबी गरेको छ ।

यद्यपि अहिले पनि चीनका केही क्षेत्रहरुमा भने अझै पनि बीबीसी च्यानल सञ्चालन भइरहेको छ ।