निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली
२७ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका छन् ।
निर्वाचनको तयारीका बारेमा छलफल गर्न प्रधानमन्त्री ओली आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । ओली ११ बजे आयोग पुग्ने भनिएपनि झण्डै एक घण्टा ढिलोगरी ११ः५५ बजेमात्रै आयोग कार्यालय छिरेका हुन् । यसअघि ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु करिब ११ः४५ बजेतिर नै आयोग पुगेका थिए ।
नेकपाका दुवै पक्षलाई आयोगले गत माघ १६ गते बोलाएको थियो । आयोगले बोलाएपछि प्रचण्ड–माधव नेपाल पक्ष आयोग कार्यालय पुगेर आधिकारिकता दाबी गरेका थिए ।
तर, प्रधानमन्त्रीसमेत रहेका ओली भने गएका थिएनन् ।