फागुन ३ हुने प्रदर्शनलाई व्यापक बनाउन देउवाको अपिल

   २५ माघ २०७७, आईतवार १२:२४  

२५ माघ, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरूद्ध गरिरहेका प्रदर्शनलाई व्यापक बनाउन सबैमा अपिल गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार कांग्रेसले प्रदर्शन गरेको थियो । हिजोको प्रदर्शनपछि विज्ञप्ति जारी गर्दै देउवाले फागुन ३ हुने प्रदर्शनलाई व्यापक बनाउन अपिल गरेका छन् ।

देउवाले भने ‘फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन समेत सबैमा अपील गर्दछु,’।