सर्वोच्चमा पुगे सभामुख
२३ माघ, रौतहट । सर्वाेच्च अदालतमा सभामुख अग्नि सापकोटा संवैधानिक निकायका पदाधिकारी नियुक्तविरुद्ध मुद्दा दर्ता गर्न पुगेका छन् ।
संवैधानिक परिषदले सभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा नै विभिन्न संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरेको थियो । सभामुख सापकोटाले नियुक्तिको पत्र फिर्तासमेत गरेका थिए ।
सिफारिसको ४५ दिन पूरा भएपछि सभामुखको अनुपस्थितिमा नै प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा उनीहरुलाई सपथ ग्रहण गराएका थिए ।
सभामुख सापकोटाले प्रधान न्यायाधीश, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष लगायतलाई विपक्षी बनाएका छन् । तर, मुद्दा दर्ता भइसकेको छैन।






