प्रचण्ड-नेपाल पक्षले माघ २२ गते आम हड्ताल गर्ने
द नेपाल मिडिया
२१ माघ २०७७, बुधबार १५:१२
२१ माघ, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-माधव पक्षले माघ २२ गते आम हड्ताल गर्ने भएको छ ।
संवैधानिक निकायमा असंवैधानिक नियुक्ति गरिएको भन्दै आमहड्ताल गर्न लागिएको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिएका हुन् ।
आज २ बजे पत्रकार सम्मेलन गरेर नेकपाले परिमार्जिक संघर्षका कार्यक्रम घोषणा गर्दै छ ।