संवैधानिक परिषद बैठक बोलाए; प्रधानमन्त्री ओली

   २० माघ २०७७, मंगलवार ११:५८  

२० माघ, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषद् बैठक बोलाएका छन् ।

सरकारी निवास बालुवाटारमा आज बेलुका करिब ५ बजेको लागि बैठक बोलाएको हो । विविध विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री ओलीले बैठक बोलाइएको स्रोतले जानकारी दिए ।

यसअघि बालुवाटारमा बसेको परिषद बैठकले संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरिदिएका छन् ।