नेकपाका अध्यक्ष प्रचण्डविरूद्ध सर्वोच्चमा अपहेलनाको मुद्दा दर्ता

   १९ माघ २०७७, सोमबार १३:०७  

१९ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा दर्ता भएको छ ।

यही माघ १६ गते (शुक्रबार) विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता समिर हायूले मुद्दा दर्ता गर्नु भएको हो ।

अधिवक्ता हायूले गरेको मुद्दाको सुन्वाई माघ २० गते (मंगलवार)का लागि तोकिएको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए ।