नेपालबाट भारततर्फ लैजादैँ गरेको ५० किलो गाँजा प्रहरी नियन्त्रणमा

   १६ माघ २०७७, शुक्रबार १२:२२  

१६ माघ, रौतहट । नेपालबाट भारततर्फ लैजादैँ गरेको अवस्थामा ५० किलो लागूऔषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालबाट अवैध तरिकाले लुकिछिपी भारततर्फ लैजाने क्रममा बारा जिल्लाको पञ्चरौता नगरपालिका वडा नम्बर २ बाट गाँजा बरामद भएको प्रहरीले जनाएको हो ।

सशस्त्र प्रहरी बल विओपी पिपराबाट खटेको प्रहरी टोलीले गाँजा बरामद गरेको प्रहरीले जनकारी दिए । प्रहरीलाई हेरपछि तस्करहरु फरार भएका थिए ।

सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादूर आलेमगरको नेतृत्वमा खटेको प्रहरीको टोलीलाई देखेर तस्करहरु फरार भएपछि बरामद भएको गाँजालाई आवश्यक कारवाहीका लागी ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको प्रहरीले जानकारी दिए ।

यस्तै, फरार भएका तस्करहरुको खोजतलास सुरु भएको बारा प्रहरीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता गौतम मिश्रले जनाएको छ ।