कुष्ठरोग तथा हात्तीपाईले रोग सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

   १४ माघ २०७७, बुधबार १६:५८  

१४ माघ, रौतहट । आज रौतहटको सदमुकाममा कुष्ठरोग तथा हात्तीपाईले रोग सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गौर नगरपालिका स्थित जिल्ला समन्वय समितिको सभाहलमा त्रिलोक मंडलको अध्यक्षतामा द लेप्रोसी मिसन नेपालले सो कार्यकम्रको आयोजना गरेको थियो  ।

कुष्ठरोग तथा हात्तीपाईले जस्ता रोगहरुलाई समाजले हेर्ने दुष्टिकोणलाई परिवर्तन गर्ने सो कार्यक्रमको आयोजना भएको छ । यो संस्थाको मुख्य उदेश्य मानिसहरुमा रहेको कुष्ठरोग संम्बन्धी सोच परिर्वतन र मानिसहरुमा जनचेतना फैलाउनु हो ।

नेपालमा २०३५ सम्म कुष्ठरोगी र कुष्ठरोगी सँग हुने भेदभावलाई सुन्य बनाउने लक्ष्य रहेको सो संस्थाका मंडलले जनाएको छ । जिल्ला जिल्लामा जनचेतना कार्यक्रम तथा रेडियो र पत्रपत्रिकामा जनचेतना मूलक बिज्ञापन भइरहेको उनले बताए ।

नेपालमा लेप्रोसी मिसनको सुरुवात १९५७ मा आन्नदभवनको उदघाटन गरि भएको थियो । आन्नदभवन ललितपुर जिल्लाको लेले ठाँउबाट नै कुष्ठरोगको उपाच सुरु भएको थियो । नेपाल सरकार र डब्लुएचओको सहयोगमा लेप्रोसी मिसनको सुरुवात भएको थियो ।