संसद विघटनविरुद्ध परेको रिटमाथि इजलास सुनुवाइ सुरु

   १४ माघ २०७७, बुधबार १२:४९  

१४ माघ, रौतहट । संसद विघटनविरुद्ध परेको रिटमाथि बुधबार पनि सर्वोच्चमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा आज सुनुवाइ सुरु भएको हो ।

आज सुरु भएको इजलासमा अधिवक्ता शेरबहादुर केसीले बहस सुरु गरेका छन् । संसद विघटनविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेका छन् । यो मुद्दामा बहस गर्नका लागि साढे तीन सय भन्दा बढी बकिलले नाम टिपाएका छन् ।

तर, हाल दुई दर्जन कानुन व्यवसायीले मात्रै बहस सकेका स्रोतले जनाएको छ ।