धारिलो हतियार प्रहार गरी एक जनाको हत्या
१४ माघ, रौतहट । बझाङको छवीसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ मा खुँडा प्रहर गरी एक युवकको हत्या गरिएको छ ।
धारिलो हतियार प्रहार गरी मंगलबार गएराति करिब ८ बजेको सयममा पाटागाउँका २७ वर्षीय सिंहको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जनाएका हुन् ।
उनकाअनुसार बन्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर मंगलबार राति ८ बजेको समयमा घर फर्किने क्रममा विवाद हुदा सिंहमाथि खुँडा प्रहार गरिएको थियो ।
खुँडा प्रहार गर्नेमध्ये एक जना सोही गाउँपालिका वडा नम्बर २ बस्ने ज्ञानबहादुर कडायतलाई प्रहरीले पक्राउ गरिएको छ, भने अर्का फरार भएको युवक प्रकाश ऐरीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
चुनावमा हारेका पक्षले युवकको हत्या गरेको प्रहरीले अनुमान गरेको छ ।