आज थप ३०३ जनामा कोरोना पुष्टि, २८५ संक्रमणमुक्त
१३ माघ, रौतहट । नेपालमा पछिल्लाको २४ घण्टामा थप ३ सय ३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ५ सय ७४ जना जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यससँगै कुल संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये हाल नेपामा संक्रिय कोरोना संक्रमितको कुल संख्या ३ हजार २ सय ५२ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २८५ जना डिस्चार्ज भएका छन । योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यानगुमाउनेहरुको कुल संख्या २ हजार १७ पुगेको छ ।