देउवालाई भेटन् बूढानीलकण्ठ पुगे अमेरिकी राजदूत बेरी
१३ माघ, रौतहट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग अमेरिकी राजदूत प्यान्डी बेरीले सोमबार बेलुकी भेटवार्ता गरेका छन् ।
देउवा निवास बूढानीलकण्ठमा उनीहरूबीच अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकताबारे छलफल भएको थियो । बेरीले बाइडेन प्रशासनका प्राथमिकताबारे देउवालाई जानकारी गराएका थिए ।
बाइडेनले कार्यभार सम्हालेयता अमेरिकाले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनका विरुद्ध लड्ने र विश्वभर महिलाअधिकारको उत्थान गर्ने विषयमा प्रतिबद्धता जनाइरहेका छन् । जसलाई राजदूत बेरीले ओली, दाहाल र देउवासँगको भेटवार्तामा पनि दोर्होयाएका थिए ।
यस्तै, यसअघि नेकपाका अध्यक्ष दाहालसैग हिजो बिहान खुमलटारमा पुगेर भेटवार्ता गरेका छन्, भने नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग बेरीले माघ ८ गते बालुवाटार पुगेर नै भेटवार्ता गरेका थिए ।