कतारबाट फर्किएका केही नागरिकमा कोरोनाको शंका
द नेपाल मिडिया
२७ असार २०७७, शनिबार ०५:४८
असार २७, रौतहट । शुक्रबार कतारबाट फर्किएका केही व्यक्तिलाई कोरोना संक्रमणको शंका लागेपछि एक बालिका र छ महिलासहित १४९ जनालाई होल्डिङ सेन्टरमा नलगी सीधै भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगेर राखिएको छ ।
कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर खरिपाटीस्थित क्वारेन्टिमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताए ।
एउटै विमानमा आएका केहीलाई कोरोनाको आशंका भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सीधै क्वारेन्टिन लगिएको हो ।
क्वारेन्टिनमा लगेर पीसीआर परीक्षणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका हुन्।