प्रचण्ड-नेपाल पक्षले आज संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै

   १२ माघ २०७७, सोमबार १४:०७  

१२ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड–नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम आज सार्वजनिक गरेको छ ।

प्रचण्ड–नेपाल समूहले आज पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

आज सार्वजनिक गरेको आन्दोलनमा सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शन सम्म रहेका छन् ।

प्रचण्ड-नेपाल समूहले यही माघ १३ गते सिठ्ठी जुलुस र १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद् तथा प्रदेशसभा सदस्यसहित धर्ना दिने कार्यक्रममा समेटेको स्रोतले जानकारी दिए ।