पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
११ माघ, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड–नेपाल पक्षको आइतबार स्थायी कमिटी बैठक बस्दै छ ।
आज मध्यान्न करिब १२ः३० बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय गरिएको हो ।
आजको स्थायी कमिटी बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
प्रचण्ड–नेपाल समूहले गत माघ ९ गते काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो ।